Thu. Jul 30th, 2020

Nepal Sports

All About sports

सेरिआ मा युभेन्ट्सको जित, एसि मिलान बराबरीमा रोकियो

1 min read

सेरिआ एमा युभेन्ट्सले स्पाललाई २-१ गोल अन्तरले पराजित गरेको छ। युभेको जितमा कृस्टियानो रोनाल्डो र आरोन राम्जिले गोल गरे।

खेलको ३९ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेलाइ अघी बढाए। यस गोल पछि पहिलो हाफमा दुबै टोलिले गोल गर्न सकेनन। खेलको ६० औं मिनेटमा राम्जिले गोल गर्दै युभेको अग्रता दोब्बर बनाए।

त्येस्तै खेलको ६९औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै पेटाङाले स्पाललाई खेलमा फर्काए। गोल गरेपछि केही खेलमा केही सुधार देखाए पनि स्पालले अन्य गोल गर्न सकेन र अन्तिम नतिजा युभेकै पक्षमा रह्यो।

जितसँगै युभेन्ट्सले २५ खेलबाट ६० अंकका साथ शीर्ष स्थान मा छ। स्पाल २५ खेलबाट १५ अंकका साथ तालिकाको पुछरमा रहेको छ।

सेरिआ एमानै भएको अर्को खेलमा एसि मिलान र फ्लोरेन्टिना ले १-१ गोलको बराबरी खेलेका छन। खेलको ५६ औं मिनेटमा आन्टे रेबिचले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए। तर फ्लोरेन्टिनाका पुल्गारले ८५ औं मिनेटमा पेनाल्टी गोल गर्दै खेल बराबरी मा ल्याए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Site Developed by Aadarsha Dhakal.