Thu. Jul 30th, 2020

Nepal Sports

All About sports

जावलाखेल तेस्रो बागमती गोल्डकप च्याम्पियन

1 min read

हिमालयन शेर्पा क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै जावलाखेल युथ क्लब तेस्रो बागमती गोल्डकपको बिजेता बन्न सफल भएको छ ।

निकैनै रोमाञ्चक बनेको खेलमा जावलाखेल दोस्रो हाफमा एक गोल गरेर बागमती गोल्डकप बिजेता बन्न सफल रह्यो। दोस्रो हाफको ४९ मिनेटमा शेर्पाका गोलरक्षक छिरिङ लामाको गल्तीको फाइदा उठाउँदै ड्याडी जुनियरले गोल गरे। बिजेता बन्न ड्याडी येहि गोल जावलाखेलका लागि काफी रह्यो।

बिजेता जावलाखेलले पुरस्कार स्वरुप ६ लाख प्राप्त गर्यो। जावलाखेलले ललितपुर माहानगर बाट पनि ४ लाख पुरस्कार प्राप्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Site Developed by Aadarsha Dhakal.