Thu. Jul 30th, 2020

Nepal Sports

All About sports

ह्वाइटहाउस यु–१८ च्याम्पियन

ह्वाइटहाउस आईआईएमएस पाँचौं यु–१८ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगितामा बिहीबार च्याम्पियन बनेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा ह्वाइटहाउसले जेभियर इन्टरनेसनललाई ५६–४५ ले पराजित गऱ्यो । ह्वाइटहाउसका सुरज खत्रीले ८ अंक जोडे । ह्वाइटहाउसले पहिलो क्वाटरमा १०–८, दोश्रोमा १४–१२ र तेश्रोमा २०–७ को अग्रता लिएको थियो ।

चौथोमा जेभियरले १८–१२ को अग्रता लिएपनि जितका लागि पर्याप्त भएन । विजेता ह्वाइटहाउसका विशाल मोक्तान ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा समृद्धिले तेश्रो स्थानमा चित्त बुझायो । समृद्धिले न्यु जेनिथलाई ७८–६९ ले हरायो । समृद्धिका सोमित गुरुङले २० स्कोर गरे ।


विजेतालाई संघीय सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । फागुन १ गतेदेखि सुरु प्रतियोगितामा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । यसै प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा बंगलादेशमा जुन–जुलाईमा हुने साबा यु–१८ पुरुष बास्केटबल च्याम्पियनसिपका लागि नेपाली टोलीको चयन गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Site Developed by Aadarsha Dhakal.