Thu. Jul 30th, 2020

Nepal Sports

All About sports

इबीएलाई दोहोरो उपाधि

आयोजक इडेन ब्रिज एकेडेमी (इबीए) ले दोश्रो इबीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार दोहोरो उपाधि जितेको छ । इबीए ब्वाइज र गल्र्स दुवैमा च्याम्पियन बन्यो ।
धापासीस्थित घरेलु कोर्टमा भएको ब्वाइज फाइनलमा इबीएले एनईएलाई ३६–२७ ले पराजित ग¥यो । इबीएका सुनिल मल्लले २२ अंक जोडे । सुरुका तीन क्वाटरमा अग्रता लिएको इबीएले क्रमशः ९–६, १५–२ र ८–६ को प्रदर्शन ग¥यो । चौथोमा इबीए ४–१३ ले पछि प¥यो ।


गल्र्सको थ्री बाइ थ्री उपाधि भिडन्तमा इबीए ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई ८–६ ले हरायो । विजेताकी इशा मगरले ४ स्कोर गरिन् । फाइनलका सर्वाधिक स्कोर गर्ने दुवै सुनिल र इशा आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा एनईएका नारायण पौडेल तथा गल्र्समा इबीए ‘बी’ की अस्मिता विक प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता भए । नारायणले ९८ तथा अस्मिताले ४२ स्कोर गरे । ब्वाइजमा इबीएका नवीन खनाल तथा गल्र्समा इबीए ‘बी’ की दिब्य मगर उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । ब्वाइजमा मातृभुमि तथा गल्र्समा अमृत अनुशासित टिम ठहरिए ।


विजेतालाई काठमाडौं प्याब्सनका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, इबीएका संस्थापक प्रिन्सिपल प्रेमकुमार राईलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । साताव्यापी प्रतियोगिताको ब्वाइजमा ३२ तथा गल्र्समा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Site Developed by Aadarsha Dhakal.