Mon. Mar 2nd, 2020

Nepal Sports

All About sports

सीसीआरसी र साइपाल च्याम्पियन


काठमाडौं, फागुन २ गते ।
क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) र साइपाल एकेडेमीले नारायणप्रसाद श्रेष्ठ स्मृति क्वेस्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । सीसीआरसी ब्वाइज तथा साइपाल गल्र्समा च्याम्पियन बने ।
ग्वार्कोस्थित आयोजक क्वेस्ट इन्टरनेसनल कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा सीसीआरसीले ओमेगालाई ७७–६१ ले पराजित ग¥यो । सीसीआरसीको जितमा अनमोल खत्रीले २८ अंक योगदान गरे । विजेता सीसीआरसीले २० हजार तथा उपविजेता ओमेगाले १० हजार नगद पुरस्कार हात पारे ।
गल्र्सको उपाधि भिडन्तमा अस्मिता थापाको १९ अंक सहयोगमा साइपालले रिलायन्सलाई ४७–२७ ले हरायो । उपाधिसंगै साइपालले १५ हजार नगद पुरस्कार पायो भने रिलायन्सले १० हजार नगदमा चित्त बुझायो ।
आयोजक क्वेस्टका संस्थापक स्व. नारायणप्रसाद श्रेष्ठको स्मृतिमा आयोजित प्रतियोगितामा फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय अनमोल र अस्मिता आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा ओमेगाका अनुप मगर तथा गल्र्समा साइपालकी दृष्टि श्रेष्ठ प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने । प्रतियोगिताभर अनुपले ७३ र दृष्टिले ६४ स्कोर गरे ।
विजेतालाई सांग्रिला बैंककी बोर्ड अफ डाइरेक्टर लिजा शेरचन, सांग्रिला बैंककी मार्केटिङ प्रमुख अर्पणा वज्राचार्य, क्वेस्टका प्रिन्सिपल उदयराज पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । छदिने प्रतियोगिताको ब्वाइजमा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । गल्र्समा ५ टिमले राउन्ड रोविन लिगका आधारमा खेलेका थिए ।

केभीएस र न्यु स्टार उपाधिनजिक
काठमाडौं विनायक शिक्षालय (केभीएस) र न्यु स्टार पोल पाँचौं अर्किड कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
काँडाघारीस्थित आयोजक अर्किडको मैदानमा भएको सेमिफाइनलमा केभीएसले गोल्डेन बडलाई टाइब्रेकरमा ५–४ गोलले पराजित ग¥यो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएको थियो । गोल्डेन बडका पर्वत मगर ‘म्यान अफ द म्याच’ घोषित भए ।
अर्को सेमिफाइनलमा न्यु स्टार पोलले हाइली क्रिएटिभलाई १–० गोलले हरायो । मुस्कान तामाङले निर्णायक गोल गरे । हाइलीका देवचन्द्र पाठक ‘म्यान अफ द म्याच’ बने । विजेताले २० हजार, उपविजेताले १५ हजार, तेश्रोले १० हजार र चौथोले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

जया र ऋत एकेडेमी च्याम्पियन
जया मल्टिीपल कलेज र ऋत एकेडेमी पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत टग अफ वारमा शुक्रबार च्याम्पियन बनेका छन् । जया ब्वाइज तथा ऋत गल्र्समा पहिलो भए ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हातामा भएको ब्वाइज फाइनलमा जयले गोल्डेनगेटलाई २–० ले पराजित ग¥यो । काठमाडौं हिसानद्वारा आयोजित प्रतियोगिताको गल्र्स फाइनलमा ऋतले हिमालयलाई २–० ले हरायो ।
विजेतालाई हिसानका अध्यक्ष एवं राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल, काठमाडौं हिसानका अध्यक्ष नरेन्द्रबहादुर अधिकारी, काठमाडौं हिसानका सचिव समेत रहेका नेपाल तान डोरी संघका अध्यक्ष भवानीप्रसाद पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । नकआउट प्रतिस्पर्धामा ब्वाइजतर्फ १४ र गल्र्समा ९ टिम सहभागी थिए ।
बास्केटबल ः साइपाल फाइनलमा
साइपाल एकेडेमी पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत बास्केटबलको गल्र्समा शुक्रबार फाइनलमा प्रवेश गरेको छ ।
बसुन्धरास्थित ऋत एकेडेमीमा भएको सेमिफाइनलमा साइपालले सीसीआरसीलाई ३५–१७ ले पराजित ग¥यो । साइपालकी अस्मिता तामाङले ९ अंक जोडिन् । गल्र्समै ऋत एकेडेमीले हिमालयन ह्वाइटहाउसबाट वाक ओभर पाउदै सेमिफाइनलमा स्थान पक्का ग¥यो ।
ब्वाइजमा आइन्सटाइनले ऋतलाई २६–२२ तथा सीसीआरसीले गोल्डेनगेटलाई ४५–३१ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । आइन्सटाइनका निर्मल मगरले ९ तथा सीसीआरसीका सिजन महतले १८ स्कोर गरे । टाइम्सले ह्वाइटहाउसलाई ४१–३४ तथा साइपालले ह्वाइटफिल्डलाई ३१–६ ले पन्छ्याउदै क्वाटरफाइनलमा स्थान बनाए । टाइम्सका पेम्बा शेर्पाले १६ तथा साइपालका रवि बलामीले १५ अंक जोडे ।
भलिबल ः ग्रिनफिल्ड र ऋत फाइनलमा
ग्रिनफिल्ड र ऋत एकेडेमी पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत भलिबलको गल्र्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
बसुन्धरास्थित ऋत एकेडेमीमा भएको सेमिफाइनलमा ग्रिनफिल्डले ग्लेसियरलाई २५–११ र २५–७ तथा ऋतले सीसीआरसीलाई २५–१० र २५–१७ को सोझो सेटमा पराजित गरे ।
ब्वाइजमा गीताञ्जली र जुबिलियन्ट उपाधिका लागि भिड्ने भएका छन् । सेमिफाइनलमा गीताञ्जलीले सीसीआरसीलाई २५–२१ र २५–१५ तथा जुबिलियन्टले प्रिसियसलाई २५–२३ र २५–२२ को सीधा सेटमा हराए । शुक्रबारै भएको क्वाटरफाइनलमा गीताञ्जलीले एन्जल्स हार्ट र जुबिलियन्टले ग्लेसियरलाई पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन् ।
फुटसल ः टाइम्स र समृद्धि फाइनलमा
टाइम्स र समृद्धि पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत ब्वाइज फुटसलमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलमा टाइम्सले काष्ठमण्डपलाई ३–१ तथा समृद्धिले नोबेललाई ५–० गोलले पराजित गरे । ब्वाइजमा १५ टिम सहभागी छन् ।

इबीएको शानदार सुरुआत
आयोजक इडेन ब्रिज एकेडेमी (इबीए) ले दोश्रो इबीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार शानदार सुरुआत गरेको छ । पहिलो दिन इबीएले जुनियर ब्वाइज र सिनियर गल्र्सको थ्री बाइ थ्रीमा २–२ खेल खेल्यो । चारै खेलमा इबीए जित निकाल्न सफल भयो ।
जुनियर ब्वाइजमा इबीएले फ्युजनलाई १७–५ ले पराजित ग¥यो । इबीएका समिर खनालले ९ अंक योगदान गरे । जुनियर ब्वाइजमै सुनिल मल्लको ८ अंक सहयोगमा इबीएले स्किम्सलाई १६–१० ले हरायो ।
गल्र्समा इबीए ‘ए’ ले अमृत ‘ए’ लाई ९–३ ले पाखा लगायो । इबीए ‘ए’ की इशा मगरले ६ स्कोर गरिन् । अर्को खेलमा इबीए ‘बी’ ले अमृत ‘बी’ लाई १०–२ ले पन्छायो । इबीए ‘बी’ की जोशना मगरले ६ अंक जोडिन् ।
जुनियर ब्वाइजको अन्य खेलमा पारामाउन्टले मिश्रित प्रदर्शन ग¥यो । पारामाउन्टले अमृतलाई ५–२ ले पराजित ग¥यो । भ्याली पब्लिक विरुद्धको खेलमा भने पारामाउन्ट २–९ ले पछि प¥यो । भ्याली पब्लिकका सौगात तामाङले ५ अंक जाडे ।
प्रतियोगिताको इबीएका प्रिन्सिपल समेत रहेका काठमाडौं प्याब्सनका उपाध्यक्ष प्रेमकुमार राईले एक कार्यक्रमबीच निर्णायकलाई बल हस्तान्तरण गरी उद्घाटन गरे । धापासीस्थित आयोजकको आफ्नै कोर्टमा भइरहेको प्रतियोगिताको ब्वाइजमा ३२ तथा गल्र्समा १६ टिम सहभागी छन् ।

टिचर्स फुटसल शनिबार
विद्या संस्कार खेलकुद विभागको आयोजनामा सातौं विद्या संस्कार अन्तरविद्यालय टिचर्स फुटसल प्रतियोगिता शनिबार हुने भएको छ ।
प्रतियोगितामा काठमाडौं र ललितपुरका १३ पुरुष टिमको सहभागिता रहने आयोजक विभागका प्रमुख राजन न्यौपानेले जनाएका छन् । सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
विजेताले २० हजार र उपविजेताले १० हजार नगद पुरस्कार पाउने छन् । एकदिने प्रतियोगिताका खेलहरु अत्तरखेलस्थित विद्या संस्कार स्कुलमा हुने छ । गत संस्करणको उपाधि क्याम्ब्रिज पब्लिक स्कुलले जितेको छ ।

टेनिस टोली इन्डोनेसिया प्रस्थान
आईटीएफ वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शुक्रबार इन्डोनेसियाको जकार्ता प्रस्थान गरेको छ ।
आरभसम्राट हाडा, अकी जुवेन रावत, प्रणव मानन्धर, शुभाङ्गीलक्ष्मी शाह, अजा रेग्मी र इभा अधिकारीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा कृष्णराज घले छन् ।
टोलीलाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, महासचिव मनोहरदास मुललगायतका पदाधिकारीले सातदोबाटोमा शुक्रबारै एक कार्यक्रमबीच बिदाइ गरे । यु–१४ उमेरसमूह यो प्रतियोगिता फेब्रुअरी १७ देखि २२ तारिखसम्म चल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Site Developed by Aadarsha Dhakal.