Fri. Feb 14th, 2020

Nepal Sports

All About sports

रोहित चन्दको क्लब पर्सिजाद्वारा मलेसियन साबाह पराजित, रोहितको उत्कृष्ट गोल

1 min read

इण्डोनेसियन क्लब पर्सिजा जकार्ता क्लबमा आबद्ध भइ व्यवसायीक फुटबल खेलिरहेका नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्दले इष्ट जावा गभर्नर कपमा एक उत्कृष्ट गोल पनि गरेका छन् ।

बिहीबार भएको उक्त खेलमा पर्सिजाद्वारा मलेसियन क्लब सबाह २-० गोलले पराजित भएको थियो। पर्सिजाको जितमा रोहितले एक गोल आफ्नो नाममा लेखाए। पहिलो हाफमा खेलको ३६औं मिनटमा पर्सिजाका लागि मार्को सिमिकले पेनाल्टी मार्फत अग्रता दिलाएका थिए। त्यसपछि खेलको दोस्रो हाफको ५२औं मिनटमा रोहितले उत्कृष्ट गोल गरे । उनले सिमिक कै पासमा दोस्रो गोल गर्दै पर्सिजाको लागि जित पक्का गरेका थिए ।

रोहितले हालै जकार्तासँग नयाँ सिजनका लागि आफ्नो सम्झौता नवीकरण समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Site Developed by Aadarsha Dhakal.