Thu. Jul 30th, 2020

Nepal Sports

All About sports

जुमानु राईको ह्याटि्रकसंगै फ्रेन्डस विरुद्ध पुलिसको सहज जित

1 min read

विभागीय टोली नेपाल पुलिस क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आफ्नो अन्तिम खेलमा फ्रेन्डस क्लब विरुद्ध ३-० गोल गर्दै सहज जित निकाल्दै यस सिजनको ‘ए’ डिभिजन लिग सुखद समापन गरेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा पुलिसले फ्रेण्ड्स क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै सहज जित हात पारेको हो । पुलिसको जितमा जुमानु राईले ह्याट्रिक गरे । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा पुलिसले तीनै गोल दोस्रो हाफमा गर्‍यो। हेमन्त श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका जुमानुले खेलको ४९औँ मिनेटमा गोल गर्दै पुलिसलाई पहिलो अग्रता दिलाए ।

त्यसपछि खेलको ५६औँ मिनेटमा जुमानुले व्यक्तिगत दोस्रो गोल गरे भने खेलको ८५औँ मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै उनले ह्याट्रिक पूरा गरे । यस सिजनमा दोस्रो ह्याटि्रक गर्ने खेलाडी जुमानु राई बनेका छन।
जितसँगै पुलिसले लिगमा सुखद अन्त्य गरेको छ । पुलिस १३ खेलमा २० अङ्क जोड्दै अङ्कतालिकाको पाँचौं स्थानमा रहेको छ । पराजित फ्रेण्ड्स भने १३ खेलमा १४ अङ्क जोडेर दशौँ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Site Developed by Aadarsha Dhakal.