Mon. Mar 2nd, 2020

Nepal Sports

All About sports

नेपालले बनायो विश्व कीर्तिमान, सन्दीप र सुसान चम्किदा नेपालद्वारा अमेरिका सजिलै पराजित

1 min read

नेपालले बनायो विश्व कीर्तिमान, सन्दीप र सुसान चम्किदा नेपालद्वारा अमेरिका सजिलै पराजित

विश्वकप क्रिकेट लीग-२ को एकदिवसीय क्रिकेटमा नेपालले नयाँ बिश्व कीर्तिमान बनाउदै अमेरिकालाई आठ विकेटले पराजित गरेको छ।

अमेरिकालाई ३५ रनमा अलआउट गर्दै विश्व कीर्तिमानसंग बराबर गरेको नेपालले विजय लक्ष्य ५.२ ओभरमा दुई विकेट गुमाएर अमेरिकालाई ८ विकेटले सजिलै पराजित गरेको हो।

विजयका लागि पूर्वकप्तान पारस खड्का २० रनमा र उपकप्तान दीपेन्द्रसिंह ऐरीले १५ रनमा नटआउट रहे।
ओपनिङमा आएका कप्तान ज्ञानेन्द्र मल्ल एकमा र सुवास खकुरेल शून्यमा आउट भएका थिए।
स्पिनर सन्दीप लामिछानेले ६ र सुसन भारीले ४ विकेट लिएपछि कीर्तिपुर मैदानमा आयोजित विश्वकप क्रिकेट लीग २ को अन्तिम खेलमा अमेरिका न्यूनतम रनमा समेटिएको थियो।

श्रीलङ्काले सन् २००४ मा जिम्बाब्वेलाई ३५ रनमा सीमित पारेर बनाएको कीर्तिमानसंग नेपालले बराबरी गरेको हो।
यो सबैभन्दा कम बलमा विपक्षी टोलीलाई आउट गरेको नयाँ कीर्तिमान हो।

आजको खेलमा सन्दीप लामिछानेको उत्कृष्ट बलिङ गर्दै १६ रन दिएर ६ विकेट लिए। यो नेपाली खेलाडीको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा उत्कृष्ट बलिङ हो। त्यस्तै भारीले तीन ओभरमा पाँच रन दिँदै चार विकेट लिए जुन नेपाली खेलाडीको तेस्रो राम्रो बलिङ हो।

अमेरिकाका लागि ओपनर जाभियर मार्शलले १६ रन बनाए भने अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
यसअघि भएको अर्को खेलमा पनि नेपालले अमेरिकालाई हराएको थियो।

तर ओमानसँग भएका दुवै खेलमा अमेरिका पराजित भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Site Developed by Aadarsha Dhakal.