Thu. Jul 30th, 2020

Nepal Sports

All About sports

ए डिभिजन लिगको बाह्रौं चरणका खेलहरु आज सकिदै, आजको खेलमा हिमालयन शेर्पा क्लब जावलाखेल युथ क्लबसंग खेल्दै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजबाट १२ औं चरणका खेलहरु सकिदै छन् ।

आज दिउँसो १ बजे एन्फा कम्प्लेक्समा हुने एउटामात्रै खेलमा हिमालयन शेर्पा क्लबले जावलाखेल युथ क्लबसँग खेल्नेछ ।
आउदो शनिवार दशरथ रंगशालामा हुने लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लब भिड्नेछन् ।
१२ औं चरणको खेलसम्म यी दुई टोलीबिच १ अंकको मात्रै अन्तर छ । २९ अंक जोडेको आर्मी क्लब शीर्ष स्थानमा छ भने २८ अंकसहित मच्छिन्द्र दोस्रो स्थानमा छ ।
उपाधि जित्न अन्तिम खेलमा मच्छिन्द्रलाई जित चाहिन्छ भने आर्मी क्लबलाई बराबरी भए पुग्नेछ।
उपाधि जसले जितेपनि नेपाली लिगको ईतिहासमा नयाँ च्याम्पियन बन्ने निश्चित भएको छ।
आर्मी र मच्छिन्द्रले अहिलेसम्म ए डिभिजन लिगको उापधि जित्न सकेका छैनन् ।

१४ टोली सहभागी यो वर्षको ए डिभिजन लिगबाट सरस्वती युथ क्लब रेलिगेशनमा परिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Site Developed by Aadarsha Dhakal.