Thu. Jul 30th, 2020

Nepal Sports

All About sports

साबित्राको दुई गोल संगै गोकुलम एफसी फाइनलमा प्रवेश

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड साबित्रा भण्डारी चम्किएपछि उनको टोली गोकुलम केरला एफसी जारी हिरो इण्डियन वुमन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

बैंगलोर फुटबल स्टेडियममा भएको सेमिफाइनल भिडन्तमा गोकुलमले डिफेन्डिङ च्याम्पियन सेथु एफसीलाई ३–० ले हरायो । गोकुलमको लागि साबित्रा भण्डारीले दुई गोल गरिन् ।

खेलमा २२औं मिनटमा मनिषाले खाता खोलेकी थिईन् । त्यसपछि खेलको ४४औं मिनटमा साबित्राले गोकुलमका लागि दोस्रो गोल गरिन् भने ८४औं मिनटमा तेस्रो गोल गरिन् ।

जारी लिगमा साबित्राको यो १५औं गोल समेत हो । स्मरण रहोस, नेपाली महिला फुटबल टोलीकी अर्की स्टार अनिता बस्नेतले सेथु एफसीबाट खेलेकी थिईन् । तर, उनको उपस्थिति र प्रदर्शन सेथुको हार टार्न प्रर्याप्त बनेन ।

गोकुलमले अब फाइनलमा क्रिप्साको सामना गर्नेछ । क्रिप्साले सोमबार नै भएको अर्को सेमिफाइनलमा केंक्रे एफसीलाई ३–१ ले हराउँदै फाइनल स्थान सुरक्षित गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Site Developed by Aadarsha Dhakal.