Thu. Jul 30th, 2020

Nepal Sports

All About sports

अभिषेक रिजालको ह्याटि्रक सहित जेजे स्पोर्ट्सद्वारा गोलको बर्षा

हाल माल्दिभ्सको दोस्रो डिभिजनमा व्यवसायीक फुटबल खेलिरहेका नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर अभिषेक रिजालले आफ्नो टोली जेजे स्पोर्टसका लागि ह्याट्रिक गरेका छन् ।
शनिबार माले स्थित नेशनल फुटबल स्टेडियममा भएको खेलमा अभिषेकको टोली जेजे स्पोर्टस क्लबले माहिबधु स्पोर्टस क्लबलाई ७–३ को फराकिलो अन्तरले हरायो ।

खेलमा अभिषेकले ह्याट्रिकसहित चार गोल गरे । खेलको दशौं मिनटमै अभिषेक रिजालले जेजेका लागि पहिलो गोल गरेका थिए । यद्यपि १५औं मिनटमी विपक्षीका लागि अहमद फुआओले बराबरी गोल फर्काए ।
तर खेलमा शुरुवातबाटै आक्रमक देखिएको जेजेका लागि १७औं मिनटमै अहमद आइहमले दोस्रो गोल गरे । ३७औं मिनटमा अलि नाफिउले जेजेको त्यो अग्रता तेब्बर पारे । पहिलो हाफसम्म जेजेले खेलमा ३–१ को अग्रता कायम राख्यो ।
दोस्रो हाफमा थप आक्रमक बनेको जेजेका लागि ५१औं मिनटमा अलि हाफिजले चौथो गोल गरे । त्यसको एक मिनट बित्न नपाउँदै अभिषेक रिजालले जेजेका लागि पाँचौं तथा व्यक्तिगत दोस्रो गोल गरे ।

खेलको ६८औं मिनटमा अभिषेकले नै पेनाल्टीबाट जेजेका लागि पाँचौं गोल गर्दै आफ्नो ह्याट्रिक पनि पूरा गरे । उता माहिबधुका लागि ८१ र ८७औं मिनटमा क्रमशः इस्माइल नाजिर र शुएब शाइदले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे तर सफल भएनन् ।
तेस्रो गोल खाए लगतै जेजेका लागि अभिषेकले नै इन्जुरी समयको ९२औं मिनटमा व्यक्तिगत चौथो तथा टोलीका लागि सातौं गोल गर्दै जेजेको फराकिलो र शानदार जित पक्का गरे ।
स्मरण रहोस, अभिषेकले यसअघि सुपर युनाइटेड स्पोर्टस विरुद्ध पनि गोल गरेका थिए । तर त्यो खेलमा जेजे २–१ ले पराजित हुन पुगेको थियो ।

साथै यो जितसँगै जेजे स्पोर्ट्स जारी दोस्रो डिभिजन लिगको सेमिफाइनलमा समेत प्रवेश गर्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Site Developed by Aadarsha Dhakal.