Thu. Jul 30th, 2020

Nepal Sports

All About sports

दोस्रो संस्करणको भरतपुर गोल्ड्कप हुने, बिजेताले १० लाख पाउने

एजे इन्टरनेसनलको आयोजनामा आगामी फागुन २४ गतेदेखि दोस्रो संस्करणको भरतपुर गोल्डकप हुने भएको छ । भरतपुरको क्याम्प चौरमा चैत ३ गतेसम्म चल्ने फुटबलमा ए डिभिजन लिग खेल्ने ६ टीम र जिल्ला स्तरीय ४ वटा टीम गरि १० टिमको सहभागिता रहने भएको छ।

आयोजकका अनुसार प्रत्येक टीमले ए डिभिजन लिग खेल्ने र सरकारको कार्य अनुमतिपत्र लिएका ३ विदेशी खेलाडी समेत समावेश गर्न पाउने छन् । गोल्डकपमा प्रथम हुनेले १० लाख र दोस्रो हुनेले ५ लाखसहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन्। साथै हरेक दिनको म्यान अफ द म्याच हुने खेलाडीलाई नगद १० हजार र मेडल प्रदान गरिने छ । त्यस्तै विधागत उत्कृष्ट खेलाडीलाई २० हजार र सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार नगद पनि प्रदान गरिने भएको छ। आयोजकका अनुसार उक्त प्रतियोगिता सम्पन्न गर्न ६० लाख जति खर्च हुने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Site Developed by Aadarsha Dhakal.