Thu. Jul 30th, 2020

Nepal Sports

All About sports

आज ए डिभिजन लिगमा च्यासलले फ्रेन्ड क्लबसंग र बृगेड ब्वाइजले एनआरटीसंग भिड्ने

शहीद स्मारक ए डिभिजन लिगमा आजको दुई खेलपछी नवौं चरणका खेलहरु सकिदै छन।

आज मध्याह्न १२ बजे च्यासल युथ क्लबले फ्रेन्डस क्लबसंग दशरथ रंगशालामा भिड्नेछ भने दिउँसो ३ बजे दशरथ रंगशालामै न्युरोड टिम (एनरआरटी)ले ब्रिगेड ब्वाइज क्लब (बिबिसी)सँग भिड्नेछ।

आजका खेलहरुले अंक तालिकाको शीर्ष ३ स्थानमा कुनै फेरबदल ल्याउने छैन । ९ खेलबाट २० अंक जोडेको त्रिभुवन आर्मी क्लब तालिकाको शीर्ष स्थानमा रहेको छ । त्यस्तै दोस्रो स्थानको मच्छिन्द्र क्लब तथा तेस्रो स्थानको मनाङ मस्र्याङ्दी क्लबको समान १९ अंक छ ।

नवौं चरणका खेलहरु सकिनै लाग्दा शहीद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि होड निकै रोचक मोडमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Site Developed by Aadarsha Dhakal.