Thu. Jul 30th, 2020

Nepal Sports

All About sports

डिफेन्डिङ च्याम्पियन मनाङ उपाधिको होडमा कायमै, संकता विरुद्ध मनाङको फराकिलो जित

1 min read

गत सालको लिगको डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले जारी शहिद स्मारक ए डिभिजन लिगमा आफ्नो उपाधि होडलाई कायम राखेको छ ।

गत बर्ष उपबिजेता संकता क्लब बिरुद्ध भएको खेलमा मनाङले ३-० एकतर्फी गोल गर्दै आफ्नो उपाधिको होडलाई कायमै राखेको छ।
खेलको ४१औं मिनटमा संकटाका कप्तान अमित तामाङले आत्मघाती गोल गर्दा मनाङले पहिलो अग्रता बनाउन सफल भएको थियो ।

त्यसलगतै खेलको ४३औं मिनटमा अन्जन बिष्ट गोल गर्दै अग्रता दोब्बर पारे। त्यस्तै तेस्रो गोल लागि दोस्रो हाफको ७१औं मिनटमा निशान लिम्बुले गोल गर्दै मनाङको प्रभावशाली जित पक्का गरेका थिए। आजको खेलमा अन्जन बिष्ट म्यान अफ द म्याच घोषित भए ।

आजको यो जितपछि ९ खेलबाट १९ अंक जोडेको मनाङ तेस्रो स्थानमा छ । समान अंक भए तापनि गोल भिन्नताका आधारमा मच्छिन्द्र दोस्रो स्थानमा छ भने २० अंकका साथ आर्मी शिर्ष स्थानमा छ भने आज मनाङसंग पराजित भएको संकटा क्लब १२ अंकका साथ आठौं स्थानमा रहेको छ ।

2 thoughts on “डिफेन्डिङ च्याम्पियन मनाङ उपाधिको होडमा कायमै, संकता विरुद्ध मनाङको फराकिलो जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Site Developed by Aadarsha Dhakal.