Thu. Jul 30th, 2020

Nepal Sports

All About sports

दक्षिण कोरिया बन्यो पहिलो एएफसी यु२३ AFC U23 च्याम्पियनसिप

1 min read

थाइल्याण्डमा सम्पन्न एएफसी यु–२३ च्याम्पियनसिपको उपाधि दक्षिण कोरियाले जित्न सफल भएको छ । समूह चरण बाटै अपराजित र प्रभाबकारी प्रदर्शन गर्दै आएको दक्षिण कोरिया फाइनलमा साउदी अरेबियालाई १-० गोलले पराजित गर्दै पहिलोपटक यु-२३ च्याम्पियनसिप बनेको हो।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयमा ११४ औं मिनेटको फाइदा उठाउदै कोरियाले साउदी अरेबियालाई स्तब्ध पार्‍यो ।

खेलमा ताइ–वुक जोङले गरेको एक मात्र गोल खेलको निर्णायक बन्यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी दक्षिण कोरिया कै डु–जाई वोन घोषित भए भने फेयर प्ले अवार्ड साउदी अरबले जित्यो ।
स्मरण रहोस, फाइनल प्रवेश गर्ने क्रममा साउदीले डिफेन्डिङ च्याम्पियन उज्वेकिस्तानलाईृ हराएको थियो भने दक्षिण कोरियाले बलियो अष्ट्रेलियालाई पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Site Developed by Aadarsha Dhakal.