Thu. Jul 30th, 2020

Nepal Sports

All About sports

आइ लिगमा नेपाली चेली साबित्राको ह्याटि्रक सहित गोलको बर्षा

1 min read

इन्डियामा जारी ‘हिरो’ इण्डियन वुमन लिगमा यस सिजन गोकुलम केरला एफसीबाट खेलिरहेकी नेपालकी चेली अर्थात गोल मेसिन नामले चिनिएकी चर्चित फरवार्ड स्ट्राइकर साबित्रा भण्डारीले गोलको वर्षा गरेकी छिन। आज भएको आइ लिगको आफ्नो दोस्रो खेलमा गोकुलमले केंक्रे एफसीलाई १०-१ को भारी गोल अन्तरले पराजित गरेको छ।

गोकुलमको जितमा नेपाली चेली साबित्राले ह्याट्रिकसहित पाँच गोल गरेकि छिन। त्यस्तै करिश्मा शिर्भोयकरले तीन गोल आफ्नो खातामा लेखाउँदा मनिषा र ग्रेस हउनरले एक–एक गोल गरे । उता पराजित केंक्रेका लागि कप्तान सौम्या गुगुलोथले एक मात्र सान्त्वना गोल गरिन् । स्मरण रहोस, गोकुलमले आफ्नो पहिलो खेलमा श्रीभूमि एफसीलाई १-० ले हराउँदा पनि साबित्राले एक मात्र निर्णायक गोल गरेकी थिईन् । जारी लिगमा यो गोल सँगै साबित्राको गोल संख्या ६ पुगेको छ । आजको उनको दोस्रो खेलमा ह्याटि्रक सहित ५ गोल गरेकी साबित्रा म्यान अफ द म्याच घोषित भएकी छिन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Site Developed by Aadarsha Dhakal.