Thu. Jul 30th, 2020

Nepal Sports

All About sports

नेपालले सिधै टि ट्वान्टी विश्वकपको छनोट खेल्ने

1 min read

नेपालले सिधै टि ट्वान्टी विश्वकपको छनोट खेल्ने, यसअघिको जसरी नेपालले अब एसिया रिजन बी र एसिया टि ट्वान्टी क्वालिफयार खेल्नु पर्ने छैन । आईसीसी २०२० जनवरी १ मा सार्वजनिक भएको टी-२० वरियताका आधारमा नेपालसँगै जिम्बाबे, हङकङ र युएईले सिधै ग्लोबल छनोटमा स्थान बनाएका छन् ।



नेपाल आईसीसी वरियतामा १२ औं स्थानमा रहेको छ । जिम्बावे ११, युएई १५ र हङकङ २० औं स्थानमा रहेका छन् । ग्लोबल छनोट २०२१ मार्च र जुलाईमा हुने छ । त्यस्तै सन् २०२० मा अष्ट्रेलियामा हुने टि ट्वान्टी विश्वकपका पुछारका चार टोलीले ग्लोबल छनोट खेल्ने छन् ।
ग्लोबल छनोटमा कूल १६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । ग्लोबल छनोटबाट उत्कृष्ट चार टिमले विश्वकपमा खेल्नेछन् ।
ग्लोबल छनोट ८र८ राष्ट्रको विभाजन गरी सन् २०२१ को मार्च देखि जुलाई सम्म चल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Site Developed by Aadarsha Dhakal.