Thu. Jul 30th, 2020

Nepal Sports

All About sports

आईसीसी बिश्व क्रिकेट लिग-२ खेल्न नेपाली टोलिको घोषणा, कमल सिंह एरी पहिलो पटक राष्ट्रिय टोलिमा समाबेश

1 min read

आईसीसी बिश्व क्रिकेट लिग-२ खेल्न नेपाली टोलिको घोषणा, कमल सिंह एरी पहिलो पटक राष्ट्रिय टोलिमा समाबेश

आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत घरेलु मैदानमा आयोजना हुने पहिलो एक दिवसीय शृङ्खला खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल, ओमान र अमेरिकासँग हुने त्रिकोणात्मक शृङ्खलाका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो।


बन्द प्रशिक्षणमा रहेका २४ खेलाडीबाट १४ सदस्यीय टोलीको घोषणा भएको हो । प्रतियोगिताका लागि- कप्तान मल्लसहित दीपेन्द्र सिंह ऐरी, पारस खड्का, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, विनोद भण्डारी, अभिनाश बोहरा, कुशल मल्ल, कमल सिंह ऐरी, सुशन भारी, रोहित पौडेल, शरद भेषवाकर र ललित राजवंशी छनोट भएका छन् ।


यसअघि १९ वर्षमुनिको राष्ट्रिय टोलीबाट खेलिसकेका तीव्र गतिका बलर कमलसिंह ऐरी पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन् । त्यसैगरी वैकल्पिकतर्फ पवन सर्राफ, सुवास खकुरेल, सन्दीप जोरा र किशोर महतो रहेका छन् ।

त्रिकोणात्मक खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा यही माघ २२ देखि २९ गतेसम्म हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Site Developed by Aadarsha Dhakal.