Thu. Jul 30th, 2020

Nepal Sports

All About sports

ए डिभिजन लिगको आठौं चरण, आज मछिन्द्रले पुलिस विरुद्ध खेल्दै

आजदेखी ए डिभिजन लिगको आठौं चरणका खेलहरु हुरु हुँदै, आज मछिन्द्रले पुलिस विरुद्ध खेल्दै

शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि आठौं चरणका खेलहरु सुरु हुदैछन् ।

आठौं चरणको पहिलो खेलमा आज लिगको उपाधि दाबेदार मानिएको मछिन्द्र क्लबले नेपाल पुलिस क्लब विरुद्ध दिउँसो ३ बजे दशरथ रंगशालामा खेल्नेछ।

मछिन्द्र क्लबको ७ खेलबाट १३ अंक रहेको छ । उसले अहिलेसम्म ४ जित, २ बराबरी र १ हारको नतिजा बटुलेको छ । उता लिगमा ७ खेल खेलेको पुलिस क्लबको ११ अंक सहित छैटौं स्थानमा छ। पुलिस क्लबले ७ खेलमा ३ जित, २ बराबरी र २ खेलमा पराजित भएको थियो। त्यस्तै ७ खेलबाट १६ अंक जोडेको त्रिभुवन आर्मी क्लब लिग तालिकाको शीर्ष स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Site Developed by Aadarsha Dhakal.