Thu. Jul 30th, 2020

Nepal Sports

All About sports

दोस्रो एकदिवसीय खेलमा मलेसिया विरुद्ध नेपालको फराकिलो जित

दोस्रो एकदिवसीय खेलमा मलेसिया विरुद्ध नेपालको फराकिलो जित, नेपाल र मलेसियाबीचको मैत्रीपूर्ण खेलमा नेपालले मलेसिय बिरुद्ध फराकिलो जित हासिल गरेको छ । यो मलेसिया विरुद्ध नेपालको दोस्रो जित पनि हो

नेपालले मंगलबार पोखरा रंगशालामा भएको दोस्रो खेलमा मलेसियालाई १७२ रनले पराजित गरेको हो । हिजो सोमबार भएको पहिलो खेलमा नेपाल १३४ रनले विजयी भएको थियो ।आज टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित् ५० ओभरमा ८ विकेटको गुमाउदै २९० रन बनाएको थियो ।

रोहितकुमार पौडेलले ५७ र कप्तान ज्ञानेन्द्र मल्लले ५४ रन जोडे । त्यस्तै, सुवास खकुरेलले ४८ रन बनाए ।

२९१ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले २८ ओभर ४ बलमा ‘अलआउट’ हुँदै ११८ रन मात्र बनाउन सक्यो। मलेसियाको तर्फबाट सइद अजिजले सर्वाधिक २८ रन बनाएको इनिङ्सलाई किशोर महतो र ललितनारायण राजवंशीले समान ३/३ विकेट लिए । सुशन भारीले २ तथा कलमसिंह ऐरी र पवन सर्राफले समान १/१ विकेट लिए ।

नेपाल क्रिकेट संघ (क्यान)ले त्रिकोणात्मक शृंखलाका लागि बन्द प्रशिक्षणमा रहेका २४ खेलाडीलाई मलेसियासित तीनओटा एकदिवसीय मैत्रीपूर्ण अभ्यास खेलको व्यवस्था मिलाएको थियो।
नेपालले यही माघ २२ गतेदेखि काठमाडौंमा हुने नेपाल, अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक एकदिवसीय क्रिकेटका लागि मलेसियाविरुद्धको अभ्यास खेलमा उत्कृष्ट प्रदर्शन प्रदर्सन गर्दै आइरहेको छ ।

नेपालले तेस्रो तथा अन्तिम एकदिवसीय खेल मलेसियासंग आउँदो बिहीबार खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Site Developed by Aadarsha Dhakal.