Thu. Jul 30th, 2020

Nepal Sports

All About sports

आइ लिग खेल्न नेपाली दुई चेली भारत प्रस्थान

आइ लिग नेपाली दुई चेली भारत प्रस्थान

नेपाली राष्ट्रिय महिला फुटबल टिमका दुई महत्त्वपूर्ण खेलाडी हिरो इन्डियन वुमन्स आई लिग खेल्न आज भारत प्रस्थान गरेका छन्।

नेपाली राष्ट्रिय महिला टिमका सदस्य साबित्रा भण्डारी र अनिता बस्नेत यी दुई खेलाडीले पहिला पनि आई लिग खेलेका थिए र उनिहरु लगातार दोस्रो पटक आई लिग खेल्न आज भारत प्रस्थान गरेका हुन।

साबित्रा भण्डारी र अनिता बस्नेतले गत वर्ष लिग च्यान्पियन बनेको सेथु एफसीबाट खेलेका थिए तर यसपटक भने साबित्राले फरक कल्बबाट खेल्ने भएकि छिन। यसपटक साबित्राले गोकुलम एफसीबाट खेल्न छिन् भने अनिताले पहिल्यै खेलेको पूर्व कल्ब सेथु एफसी बाटै खेल्ने भएकी छिन।

स्मरण रहोस साबित्राले गत वर्ष आइ लिगमा १५ गोल गरेकी थिइन्। यसपटक साबित्रा र अनिताले पटक फरक क्लबबाट खेल्न लागेका हुन्।

साबित्राले भनिन ‘यसपटक मलाई गोकुलम एफसीले प्रस्ताव गरेको थियो र म यो सिजनमा गोकुलम क्लब देखि खेल्नेछु, ‘ आई लिगका लागि गोकुलम एफसीसंग एक महिनाको कन्ट्रयाक्ट गरेर जान लागेको हुँ र खुशी पनि छु।’

भारतको हुने वुमन आई लिग जनवरी २४ बाट हुँदैछ। जसमा १२ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Site Developed by Aadarsha Dhakal.