Thu. Jul 30th, 2020

Nepal Sports

All About sports

इङ्ल्यान्डका एफए नेपालमा, नेपालले इङ्ल्यान्डसंग मैत्रीपुर्ण खेल खेल्ने निश्चित

इङल्यान्ड फुटबल एसोशिएसन (एफए) का प्रतिनिधिहरु नेपालसंगको हुने मैत्रीपुर्ण खेलको आज नेपाल आएका छन् । नेपाल र इङल्याण्डले २०३ औं द्विपक्षीय सम्बन्ध पूरा गरेको उपलक्ष्यमा नेपाली राष्ट्रिय फुटबल टिम र इङल्याण्डको राष्ट्रिय फुटबल टिम सी बीच मैत्रीपूर्ण खेल हुने निश्चित भएको छ।

उक्त मैत्रीपुर्ण खेलको लागि एक बर्ष अगाडि नै जानकारी दिएका सहारा युकेका पूर्व अध्यक्ष मिन गुरुङका अनुसार इङल्याण्ड एफए र एन्फाबीच मंगलबार आवश्यक भेटघाट र सम्झौता हुने बताएका छन। त्यसैका लागि आवश्यक सम्झौता गर्न सहारा युकेको समन्वयमा इङल्याण्ड एफएका तर्फबाट एन्ड्रियु शा र लाउरेन्स जोन्स सोमबार नेपाल आइपुगेका हुन् ।

एन्फाले पनि यहि आउँदो २५ मे दिन इङल्याण्डको मैदानमै नेपाल र इङल्याण्डको सी टोलीबीच मैत्रीपुर्ण फुटबल म्याच हुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Site Developed by Aadarsha Dhakal.