Thu. Jul 30th, 2020

Nepal Sports

All About sports

पहिलो खेलमै बंगलादेश बिरुद्ध नेपालको गोलको बर्षा

1 min read

कतारमा जारी आठौं एसियन आप्रवासी फुटबल प्रतियोगितामा नेपाली फुटबल टिमले बंगलादेश विरुद्धको पहिलो खेलमै ५-० गोलको बर्षा गर्दै शानदार जितका शुरुवात गरेको छ ।

नेपाली टोलीको जितमा अर्जुन सुब्बाले दुई गोल गरे । त्यस्तै डिल्ली पाराहाङ लिम्बु, राकेश सापकोटा र सयन्सु भुषाले थप एक–एक गोल गरे ।

प्रतियोगितातर्फ समूह ए मा रहेको नेपालले आफ्नो दोस्रो खेल ६ फेब्रुअरीका दिन भारतसँग खेल्नेछ । समूह ‘ए’ मा नेपाल, भारत, बंगलादेशसँगै दक्षिण कोरिया, फिलिपिन्स र इण्डोनेसिया रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Site Developed by Aadarsha Dhakal.